काठमाडाैं : ब्लड क्यान्सरबाट पीडित एक महिलाको उपचारमा आर्थिक अभाव भएको छ।

केही महिनादेखि उपचार गराइरहेकी सोनिया पाण्डे (अर्याल) को उपचारमा पैसा सकिँदै गएको भन्दै परिवार थप संकटमा परेको छ। हाल उनको उपचार काठमाडाैंमा रहेको Blood And Multispeciality Hospital भइहरेको छ।

काठमाडाैंको मीनभवनमा रहेको निजामती अस्पताल (सिभिल अस्पताल) मा पत्नीको उपचार भइहरे पनि फैलँदो कोरोना संक्रमणका कारण अस्पतालले सोनियाका अन्यत्र लगेर उपचार गराउन भनेको थियो। सिभिल अस्पतालल कोभिड अस्पतालमा रुपमान्तरण भएपछि उनीहरू थप मारमा परेका हुन्।

लालबन्दी नगरपालिका वडा नम्बर २ नवलपुरका सोनियाका श्रीमान् राजु अर्थात् बिपिन अर्यालले महँगो अस्पतालमा पत्नीको उपचार गराउनुपर्दा निकै पैसा लागेको बताए। आर्थिक रुपले विपन्न राजुको परिवारले अहिले दैनिक हजाराैं रुपैयाँ सोनियाको उपचारमा खर्च गर्ने गरेको छ।

अहिलेसम्म जेततेन उपचार गर्दै आए पनि अब भने आर्थिक स्रोत जुटाउन निकै गाह्रो पर्दै गएको राजुले सर्लाही एक्सप्रेससँग बताए। सहयोग प्राप्त भए पत्नीलाई बचाउन सकिने उनले बताएका छन्। साथै उनले यस्तो दुःखद् घडीमा सबैसँग सहयोगको याचना गरेका छन्।

उनलाई सहयोग गर्न चाहनेले सीधै सोनिया पाण्डेको लालबन्दीमा रहेको इन्भेस्टमेन्ट बैंकको खातामा रकम जम्मा गर्न पनि अनुरोध छ।

Soniya panday ko Nepal investment bank को A.C no .. 03905050287616
सम्पर्क नम्बर श्रीमान् बिपिन अर्याल 9808049814
Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here