सर्लाही : धेरै दिनदेखि बिरामी र उपचार गराउन नसकेका कारण ज्यान गुमाएका अनुठा मुखियाका परिवारलाई नेपाल समाज सेवा सर्लाहीद्वारा ३०, हजार र उनका बालबच्चाका लागि ५ सय बराबरको कापीसहित आर्थिक सहयोग प्रदान गरिएको छ।

सर्लाही दुलबा वार्ड नं ७ अनुठा मुखियाको घरमै असमायिक निधन भएको थियो। उनको परिवारको आर्थिक अवस्था एकदमै कमजोर, दयनीय भएकाले उनको परिवारलाई आर्थिक सहयोगका लागि नन्दा यादवले नेपाल समाज सेवा सर्लाहीमा सहयोगको आग्रह गरेका थिए।

उनको अपिल स्विकार्दै नेपाल समाज सेवा सर्लाही परिवारद्वारा नगद ३० हजार लगायत केही शैक्षिक सामग्री पीडित मुखियाकी श्रीमती निर्मलादेवीलाई प्रदान गरिएको हो।

पीडित परिवारले नेपाल समाज सेवा सर्लाही सम्पूर्ण परिवार र सहयोगीलाई हृदय बाट धन्यवाद दिएका थिए।

‘सेवा नै धर्म हो’ मान्यता राखेर सामाजिक काममा संलग्न यो समूहले असहाय, विपन्न परिवारर, दलित, बिरामी, मठ मन्दिरमा आर्थिक सहयोग गर्दै आइरहेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here