सर्लाही : राैतहटमा पानी तान्ने मोटर चोरीमा संलग्न एक जनालाई प्रहरीले समातेको छ।

यही जेठ १३ गते गौर नगरपालिका १ बस्ने दिनेश प्रसादले ना२च ४३७३ नम्बरको पिकअप जिपमा भएको ८ वटा पानी तान्ने मोटरसहित प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनले उक्त जिप खाली जग्गामा राखेको र गाडीको सिसा फुटाई सो मोटरहरु चोरी भएको सूचनाका आधारमा उनलाई प्रक्राउ गरिएको राैतहट प्रहरीले जनाएको छ।

मोटरहरु खोजतलास गर्ने क्रममा चोरी भएका थान पानी तान्ने मोटर मिति १६ गते जिल्ला गौर नगरपालिका वडा १ स्थित विष्णु मानन्धरको खेतमा फेला परेको थियो।

१८ गते बिहान साढे ७ बजे मोटरहरुमध्ये एक थान मोटर गौर नगरपालिका १ बस्ने रामअशीष पासवानका छोरा २६ वर्षीय दीपेन्द्रको साइकलको पछाडि राखी लैजाँदै प्रहरीले बरामद गरेको हो।

गौर-५ स्थित वडहर्वा पुलमा फेला उनलाई प्रहरीले फेला पारेको हो। अभियुक्तलाई सोधपुछका गर्ने क्रममा ७ वटा मोटरहरु निजले नै चोरी गरी विष्णु मानन्धरको खेतमा लुकाएको र बिक्री गर्न भारत तर्फ लैजादै गरेको भनी प्रहरीसमक्ष बताएका छन्।

उनलाई रौतहट जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान भइहरेको प्रहरीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here