सर्लाही : कोरोना संक्रमणबाट सर्लाहीमा ज्यान गुमाउनेको संख्या ६४ पुगेको छ। आज थप तीन जनाको मृत्यु भएको छ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा पछिल्लो २४ घण्टामा जिल्लाभित्र थप तीन जनाको संक्रमणबाट निधन भएको जनाइएको छ।

यसअवधिमा ४ सय ७५ संक्रमित कोरोनामुक्त भएका पनि सूचनामा जनाइएको छ। हालसम्म जिल्लामा करिब ३ हजार जनामा कोरोना परीक्षण भएको पनि सूचनामा उल्लेख छ।

यसैगरी हालसम्म जिल्लामा कोरोनाबाट १५ सय ७५ जनामा संक्रमण रहेको जनाइएको छ। जिल्लामा हालसम्म पहिलो चरणका ६ हजार बढीले कोरोनाविरुद्धको खोप लगाएका छन्। त्यस्तै ५ हजार २० जनाले दोस्रो चरणको खोप लगाएका पनि जारी सूचनामा उल्लेख छ।

थप संक्रमण फैलिन नदिन जिल्ला हाल चाैथो पटक पनि निषेधाज्ञा गरिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here