कोरोना महामारीको नयाँ भेरियन्टको दोस्रो लहर सुरु भएसँगै महोत्तरीमा चौथो पटक निषेधाज्ञा थप गरिएको छ।

आज बसेको कोभिड व्यवस्थापन समिति र जिल्ला विपद् व्यवस्थापन समिति महोत्तरीको बैठकले थप एक १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए।

तेस्रो पटक थपिएको निषेधाज्ञा भोलि बिहीबार राति १२ बजेदेखि जेठ ३१ गतेसम्म हुने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ। जिल्लाभर लागू हुने गरी एक सातासम्म निषेधाज्ञा थपिएको हो।

महोत्तरीमा गत वैशाख २२ गतेदेखि निषेधाज्ञा निरन्तर रुपमा जारी छ। निषेधाज्ञा अवधिमा अति आवश्यकबाहेक घरबाट ननिस्किन प्रशासनले आग्रह गरेको छ ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here