सर्लाही : हिमालयन केयर ह्यान्डस् नेपालले लालबन्दी नगरपालिकाका रहेको प्राथमिक उपचार केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

संस्थाले आज (बुधबार) एक कार्यक्रमबीच अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री दिएको हो। नगरपालिकामा कोरोना संक्रमण बढ्दै गएको र यसलाई न्यूनीकरणमा यसले सहयोग पुग्ने संस्थाका प्रोजेक्ट म्यानेजर समीर खतिवडाले बताए।

प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा संस्थाले स्वास्थ्य सामग्री वितरण गरेको हो। कार्यक्रममा नगरपालिकाका तर्फबाट वडा नम्बर ७ का अध्यक्ष सुरेन्द्र प्रसाद न्याैपाने, नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र खतिवडाको उपस्थिति थियो।

उक्त स्वास्थ्य सामग्री लालबन्दी प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष गोपालप्रसाद घिमिरेलाई हस्तान्तरण गरिएको हो।

हस्तान्तरण गरिएका अन्य स्वास्थ्य सामग्रीमा सेनिटाइजर, फेस सिल्ड, सर्जिकल मास्क, के एन ९५ मास्क, पिपिई, ग्राउन, ग्लोभ्सलगायत छन्।

संस्थाले यसअघि पनि कोरोना नियन्त्रणमा सघाउ पुर्‍याउने उद्देश्यले स्वास्थ्य सामग्री वितरण गर्दै आएको थियो। यस प्रकारको सामाजिक कार्य अन्य स्थानमा पनि गर्दै जाने संस्थाकी अध्यक्ष इन्दिरा खतिवडाले जानकारी गराइन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here