सर्लाही : मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ नवलपुरमा ट्रक र एम्बुलेन्स ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

पूर्व-पश्चिम राजमार्ग खण्डअन्तर्गतको नवलपुरमा ट्रक र एम्बुलेन्स ठोक्किँदा एक जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक प्रहरी प्रवक्ता जयश्वर रिमालले दुर्घटनामा परी एम्बुलेन्समा सवार सर्लाहीको बागमती नगरपालिका-४ का ६६ वर्षीय जितबहादुर थिङको मृत्यु भएको जानकारी दिए।

प्र १ ००५ च ३६३८ नम्बरको एम्बुलेन्सले सोही दिशाबाट हेटौंडातर्फ आउँदै गरेको ना६ख ४३८० नम्बरको ट्रकलाई ठक्कर दिँदा चितवनबाट उपरचारपश्चात् घर फर्कंदै गरेका कोरोना सङ्क्रमितको मृत्यु भएको रिमालले बताए।

एम्बुलेन्समा सवार अन्य ३ जना घाइते भएको र उनीहरुको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको रिमालले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here