धनुषा:- धनुषामा सडक दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको  धारापानी सडक खण्डमा  रोकिराखेको तेल टंयाकरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।

गए राति पूर्वपश्चिम राजमार्ग अन्तर्गत  धनुषाधाम नगरपालिका वडा नम्बर ९ धारापानी आर्मी ब्यारेक अगाडि रोकिराखेको ना. ४ ख. ३४७४ नम्बरको तेल टयांकरमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ज. १ प. ३४६३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो।

उक्त दुर्घटनामा मोटरसाइकल चालक धनुषाधाम नगरपालिका वडा नम्बर ६ हरिपुर बस्ने १७ वर्षीय राजेशकुमार यादवको मृत्यु भएको र सोही मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने १८ वर्षीय इन्द्रजीत सहनी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here