लालबन्दी नगरपालिकाको आयोजनामा आज स्वास्थ्य चौकी परवानीपुरमा ५३ जनाको स्वाब संकलन गरिएको हो ।

लालबन्दी न.पा का स्वास्थ्य शाखा संयोजक र प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका स्वास्थ्यकर्मीले वडा नम्बर १५ का ५ जनाको र वडा नम्बर १६ का ४८ जनाले संकलन गरेका हुन।

केही दिन अगाडि १५ र १६ वडाका स्थानीयहरुको गरिएको स्वास्थ्य परिक्षणमा कोभिड-१९ का शंकास्पद बिरामीहरुलाई जानकारी दिदा पनि स्वाब दिन नआएको स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट नवीन प्रसाद चौधरीले दुखेसो पोखे।

केही दिन अगाडि वडा नम्बर १५ मा ६ सय १३ जना त्यसै वडा नम्बर १६ मा १७ सय जना स्थानीयहरुको स्वास्थ्य परिक्षण गरिएको थियो। आज संकलन गरिएको स्वाबको रिपोर्ट २/३ दिन भित्र रिपोर्ट आउने स्वास्थ्य चौकी परवानीपुरले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here