सर्लाही : सर्लाहीमा खाडलमा जमेको पानीमा डुबेर १० वर्षीय एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सर्लाही कबिलासी नगरपालिका–५ रनिया निवासी मनोज कुमार मण्डलका १० वर्षीय छोरा रजनिश कुमार रहेका छन्।

कबिलासी नगरपालिका–७ स्थित लालबाबु रायको इँट्टा भट्टाले खनेको खाडलमा पानि जमेको थियो। सोही पानीमा डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

बाख्रा चराउन गएका उनी खाडलमा जमेको पानीमा पाैडी खेल्न गएका हुन सक्ने प्रहरीको अनुमान छ। घटनाबारे प्रहरीले जना अनुसन्धान भइरहेको जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here