सर्लाही : विवाहको प्रलोभनमा पारी दलित समुदाएकी युवतीमाथि शोषण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

सर्लाहीको विष्णु गाउँपालिका–७ दुलवाका १९ वर्षीय शिवकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो। किशोरीको जाहेरीका आधारमा युवकलाई नियन्त्रणमा लिई कारबाही प्रक्रियासमेत अघि बढाइसकेको प्रहरीले जनाएको छ।

आफूमाथि शोषण भएको भन्दै किशोरी र उनका परिवारले केही दिनअघि प्रहरी कार्यालय जाहेरी दिएका थिए।

किशोरीले अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणीसम्बन्धी किटानी जाहेरी दिएकी जिल्लाका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।

कुँवरले अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको बताए। जाहेरी परेपछि पीडक पक्षबाट आर्थिक प्रलोभन सहित धम्कीसमेत आउन थालेको पीडित परिवारले गुनासो गर्दै आएको छ।

प्रहरी र अधिकारकर्मी मिलेर किशोरीको उद्धार गरी सदरमुकाम मलंगवास्थित सेफ हाउसमा राखिएको छ।

ती युवती दलित भएकै कारण हिंसा परेकी थिइन्। युवाले छाडेपछि ती युवतीलाई यादवका परिवारले गोठमा बन्दी बनाएका थिए।

यादव परिवारले युवतीलाई दलित भएका कारण स्विकार्न नसक्ने भनी गोठमा थुनेर राखेका थिए। तर यस विषयमा स्थानीय अधिकारकर्मी तथा समाजसेवीले केही गर्न नसकेका भन्दै स्थानीय आक्रोशित भएका थिए।

उनीहरूले अधिकारकर्मी पैसामा बिकेका सम्म आरोप लगाइरहेका थिए। युवतीलाई उद्धार गर्न माग गर्दै ती युवकलाई कारबाहीको पनि उनीहरूले माग गरेका थिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here