काठमाडौं : पछिल्लो २४ घण्टामा देशभरका ६ जिल्लामा नयाँ संक्रमित थपिएनन् संक्रमित नथपिएका जिल्लामा रसुवा मनाङ, मुस्ताङ, रुकुम पूर्व, मुगु र बाजुरा छन्।

त्यस्तै बझाङ, दार्चुला, हुम्ला डोल्पा, कालिकोट, बाग्लुङ र भोजपुरमा १ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले ७ वटा जिल्लामा सक्रिय संक्रमित संख्या ५० भन्दा कम तथा १० जिल्लमा २ सयभन्दा कम छ।

सर्लाहीमा पछिल्लो २४ घण्टामा संक्रमणबाट कसैको मृत्यु भएन!

त्यसैगरी सर्लाहीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचनामा उल्लेख छ।

सर्लाहीमा हालसम्म कोरोना संक्रमणबाट ६४ जनाको मृत्यु भइसकेको छ। हालसम्म ३ हजारभन्दा बढीको कोरोना संक्रमण गरिएको छ भने तिनमा १ हजार ५ सय ८९ जनामा संक्रमण देखिएको छ।

त्यस्तै ५ सय ५० जना संक्रमित कोरोना मुक्त भएका छन्। हाल सर्लाहीमा ९ सय ६५ जना कोरोनाका सक्रिय संक्रमित रहेका पनि सूचनामा जनाइएको छ।

हिजो मात्र सर्लाहीमा ३ जनाको करोनाबाट मृत्यु भएको थियो। जिल्लामा हाल चाैथो चरणको निषेधाज्ञा चलिरहेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here