काठमाडाैं : श्रीमती हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ धौलेका ४५ वर्षीय दुर्गाबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनले लाठी हानेर ४० वर्षीय श्रीमती राममायाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए।

प्रहरीले तामाङलाई प्रक्राउ गरी अनुसन्धान जारी राखेको जनाएको छ। शवलाई पोष्टमार्टमका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here