काठमाडाैं : सरकारले बजेटमार्फत व्यवस्था गरेको खाद्यान्नसहित अत्यावश्यक दैनिक उपभोग्य वस्तुको खरिदमा २० प्रतिशत छुट दिन थालेको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सूचना जारी गर्दै यसबारे जानकारी दिएका हुन्।

खाद्य तथा व्यापार कम्पनीबाट बिक्री वितरण हुने चामल र कर्णालीको सिमीमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ। त्यस्तै साल्ट ट्रेडिङबाट बिक्री वितरण हुने पिठो, चिनी, नुन, भटमासको तेल र खाना पकाउने एलपी ग्यासमा पनि २० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

नयाँ मूल्य सूचीअनुसार साल्टबाट बिक्री वितरण हुने प्रतिकेजी पिठो ४४ रुपैयाँ, चिनी ६३ रुपैयाँ २० पैसा, नुन १३ रुपैयाँ, भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिण्डर एक हजार १२० रूपैयाँमै पाइने भएको छ।

सस्तोमा यी सामग्री पाउन नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र परिवारका सदस्यको नाम उपलब्ध अनिवार्य गरिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here