महोत्तरी:- महोत्तरीको गौशालामा ड्युटीमा खटिएका एक प्रहरीमाथि हातपात भएको छ।

इलाका प्रहरी कार्यालय गौशालामा कार्यरत एक प्रहरी हबलदारमाथि हातपात भएको हो। बिहिवार बेलुका करिब पाैने ४ बजेको गौशाला बजारमा ड्युटीमा खटिएका प्रहरी हवलदारमाथि गौशाला नगरपालिका-५ का विजय शाहले हातपात गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक विष्णु प्रदिप बस्यालले बताए।

प्रहरी हवलदारको नाम भने उनले खुलाउन चाहेनन्।प्रहरी हवलदारमाथि हातपात शाह फरार रहेको बस्यालले बताए। फरार शाहको तिब्र रुपमा खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here