काठमाडौं : सिराहाका पूर्वसांसद तथा नेकपा माओवादी केन्द्रका नेता विएल वाइबा नामले परिचित विष्णु बहादुर तामाङको निधन भएको छ ।

सिरहाको कर्जन्हा नपा ५ निवासी ७८ वर्षीय तामाङको उपचारको क्रममा आज राति निधन भएको हो ।कोरोना सङ्क्रमणबाट मुक्त भइसकेका उनको उपचारको सिलसिलामा सुगर लेभल एक्कासी बढी भएर झापाको दमकमा रहेको आम्दा अस्पतालमा मृत्यु भएको बताइएको छ ।

उनको शव घर ल्याइरहेका बताइएको बडा अध्यक्ष भुषण खातीले जानकारी दिए । घर ल्याएर भोली बिहानमात्रै दाहसंस्कार गर्ने कार्यक्रम बनिरहेको उनले बताए ।लामा २०४८ सालको आम निर्वाचनमा उनी सिरहा क्षेत्र नंं ५ बाट तत्कालिन संयुक्त जनमोर्चाबाट निर्वाचित भएका थिए । उनी कम्यूनिष्ट आदर्श र सोशित पीडित जनताप्रति समर्पित नेताको रुपमा परिचित थिए ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here