काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिराहाका पूर्व सांसद विष्णुलाल तामाङ एल वाइबा को निधनप्रति दुःख व्यक्त गरेका छन् ।

वाइबाको निधनले नेपाली राजनीतिले सच्चा राष्ट्रवादी अग्रगामी नेता गुमाएको प्रचण्डले बताए । कम्युनिष्ट आन्दोलनले आफ्नो अभिभावक गुमाएको छ । सादा जीवन, सरल र जुझारु कमरेड वाइबा किसान र मजदूरबीच लोकप्रिय हुनुहुन्थ्यो, प्रचण्डले सम्झेका छन् ।

वाइबाका जीवनपयोगी भोगाइ परिवर्तनकारी एवं क्रान्तिकारी युवाहरुका लागि प्रेरणाको स्रोत बन्ने विश्वास लिँदै उनप्रति प्रचण्डले श्रद्धा सुमन प्रकट गरेका छन् ।

स्थानीय सामन्तविरुद्धको तमसुक फट्टा आन्दोलनबाट आफ्नो संघर्ष यात्रा शुरु गरे तामाङ २०४४ सालमा भारतको दरभंगामा भएको राष्ट्रिय सम्मेलनबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी चौ.म.को केन्द्रीय सदस्य भएका थिए ।

२०४८ सालको आम निर्वाचनमा सिराहाको तत्कालीन निर्वाचन क्षेत्र नं.५ बाट उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । वाइबा २०७० सालमा नेकपा तदर्थ र एकीकृत नेकपा माओवादी बीचको एकीकरणपछि केन्द्रीय सदस्य हुँदै माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य रहेका थिए ।

उच्च रक्तचाप र मधुमेहबाट पीडित कमरेड वाइबाको उपचारको क्रममा झापाको दमकस्थित आम्दा अस्पतालमा जेष्ठ २० गते साँझ ६ बजे निधन भएको हो । उनका तीन छोरा र दुई छोरी रहेका छन् ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here