कोरोना संक्रमणका कारण धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ।

५५ वर्षीय पौडेलको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको आफन्तजनले बताएका छन्।

पुनरावेदन अदालत बुटवलका न्यायाधीशसमेत रहेका उनका दाजु मेदिनी पौडेलका अनुसार उनलाई २० दिनअगाडि कोरोना संक्रमणपछि उपचारका लागि स्टार अस्पताल लगिएको थियो। उपचारकै क्रममा शुक्रबार बिहान निधन भएको हो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here