रौतहट : रौतहटको गरुडा नगरपालिकाका दुई वडा अध्यक्षको कोरोना संक्रमणबाट निधन भएको छ ।

रौतहटको गरुडा नगरपालिका वडा–२ गेडहीका वड़ा अध्यक्ष विष्णु देव सहनीको गएराति उपचारको क्रममा मृत्यु भएको हो ।उनलाई संक्रमण पुष्टि भएपछि विगत १ महिनादेखि काठमाडौंमा उपचाररत थिए ।

यसअघि पनि जेठ ३ गते गरुडा नगरपालिका वडा न.७ का वडा अध्यक्ष राम ईश्वर राय यादवको मृत्यु भएको थियो ।कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौं गएका ५५ वर्षीय यादवको स्वास्थ्य झन जटिल बनेको र उनको निधन भएको थियो ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here