सर्लाही : सर्लाहीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको निधन भएको छ। योसँगै जिल्लामा दोस्रो लहरको कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६५ पुगेको छ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनमा अनुसार हालसम्म जिल्लामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ सय २५ पुगेको छ। त्यस्तै कुल सक्रिय संक्रमित संख्या ९ सय ४० रहेको जारी सूचनामा जनाइएको छ।

सर्लाहीमा हालसम्म १ हजार ६ सय १० जनामा कोरोना संक्रमण भएको तथ्यांकमा उल्लेख छ। पिसिआर परीक्षणबाट १ हजार ४ सय ९५ जना र १ सय १५ जना एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमित भेटिएका हुन्।

हिजो बिहीबार कोरोनाबाट सर्लाहीमा कसैको पनि निधन नभएको प्रशासनले जनाएको थियो। कोरोना रोकथामका लागि जिल्लामा हाल निषेधाज्ञा जारी छ।

 

 

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here