सर्लाही : प्रदेश २ मा थप ३ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ३३ हजार ९ सय ८१ पुगेको छ।

शुक्रवार प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा धनुषामा १ सय ४५, बारामा ८२, सर्लाहीमा ७१, पर्सामा १९, सप्तरीमा २०, महोत्तरीमा १२, रौतहटमा ११, सिरहामा २ र अन्य प्रदेशका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक कमलेश प्रसाद यादवले जानकारी दिए।

त्यस्तै, पछिल्लो २४ घण्टामा २ सय ७३ जना कोरोना संक्रमित निको भएका छन्। यससँगै निको हुनेको संख्या २२ हजार ८ सय १० पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रदेशमा हाल १० हजार ४ सय २ जना कोरोनाको सक्रिय संक्रमित छन्। संक्रमितमध्ये ३ सय ८७ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने १० हजार १५ जना होम आइसोलेसनमा छन्।

सर्लाहीमा आज १ संक्रमितको मृत्यु?

सर्लाहीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको निधन भएको छ। योसँगै जिल्लामा दोस्रो लहरको कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६५ पुगेको छ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनमा अनुसार हालसम्म जिल्लामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ सय २५ पुगेको छ। त्यस्तै कुल सक्रिय संक्रमित संख्या ९ सय ४० रहेको जारी सूचनामा जनाइएको छ।

सर्लाहीमा हालसम्म १ हजार ६ सय १० जनामा कोरोना संक्रमण भएको तथ्यांकमा उल्लेख छ। पिसिआर परीक्षणबाट १ हजार ४ सय ९५ जना र १ सय १५ जना एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमित भेटिएका हुन्।

हिजो बिहीबार कोरोनाबाट सर्लाहीमा कसैको पनि निधन नभएको प्रशासनले जनाएको थियो। कोरोना रोकथामका लागि जिल्लामा हाल निषेधाज्ञा जारी छ।

 

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here