लालबन्दी जेसीजले विश्व वातावरण दिवसको अवसरमा जिल्ला वन सर्लाहीको सहयोग र मधु सा.व.उ.स. को सहकार्यमा लालबन्दी ६, सर्लाहीमा वृक्षारोपण गरेको छ।

कार्यक्रममा २०० वटा विभिन्न प्रजातिका साल, खयरका विरुवाहरु वृक्षारोपण गरिएको हो। नेपाल जेसीजको १६१ वटै शाखालाई सर्कुलेशन भए बमोजिम “मेरो जिवनका लागि एक विरुवा” भन्ने मुल नाराका साथ उक्त कार्यक्रम लालबन्दी जेसीजले पनि विश्व वातावरण दिवसको अवसरमा कार्यक्रम आयोजना गरेको हो।

डिभिजन वन कार्यालयका फरेष्टर महेन्द्र महतो, मधु सा.व.उ.स. लालवन्दी-६,सर्लाहीका अध्यक्ष भिम बहादुर आले, लालबन्दी जेसीजका संस्थापक अध्यक्ष जेसी किरण घिमिरे, लगायत अन्य पदाधिकारीहरुको उपस्तिथि रहेको थियो भने कार्यक्रमको अध्यक्षता लालबन्दी जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी श्याम खड्काले जानकारी दिए।

उक्त कार्यक्रमको संचालन महासचिव राजकुमार सिंहले गर्नुभएको थियो भने कार्यक्रमको संयोजक कुमार घिमिरे हुनुहुन्थ्यो जेसिसका संचार संयोजक कृष्ण भण्डारीले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here