तोयानाथ गाैतम

नेपालको चुरे अर्थात् शिवाङिक पर्वत नामले चिनिने चुरे पर्वत, पश्चिममा पाकिस्तानको इन्दुस नदीदेखि नेपाल हुँदै पूर्वमा भारतको ब्रह्मपुत्र नदीसम्म फैलिएको हिमालय पर्वत श्रृंखला हो।

यस पर्वतको बनावट नदीजन्य पदार्थ बालुवा, गिटी भौगर्भिक दरारबाट बनेको अनुमान गरिएको छ । नेपालको पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३६ जिल्लामा झण्डै ८ सय किलोमिटर अर्थात् नेपालको कुल भू-भागको १२ दशमलव ७८ प्रतिशत चुरे क्षेत्रले ओगटेको छ ।

यस क्षेत्रको भू बनावट खुकुलो पत्रे चटान र बालुवायुक्त माटोले बनेको छ भने महाभारतबाट बग्ने भएकोले प्राकृतिक रुपमा अति संवेदनशील रहेको छ ।

चुरेसँगै जोडिएको तथा चुरेको फेदीमा रहेको चुरे बाटोका ढुङ्गा , गिटी र बालुवाले बनेको समथर भू-भागलाई भावर प्रदेश भनिन्छ । यस क्षेत्रलाई तराईको भूमिगत जल भण्डारको रुपमा चिनिन्छ । साथै भावर क्षेत्र तराई मधेसको बीचको बरफ क्षेत्रको रुपमा रहेको छ ।

देशकै झण्डै ५० प्रतिशत जनता उक्त पानीमा आश्रित रहेका र नेपालको ८० प्रतिशत भन्दा बढी खाद्यान्नको भण्डारलाई उक्त पानीले सिँचाइ सेवा उपलब्ध गराएको छ । चुरे क्षेत्रमा करिव १ हजार ५७० प्रजातिका बिरुवा, बाघ, हात्ती, गैंडाजस्ता दुर्लभ वन्यजन्तुहरुको जैविक मार्ग पनि हो ।

चुरे क्षेत्रमा करिब ९५ लाख वर्ष पुराना ऐतिहासिक वन्यजन्तुका अवशेषहरु रहेको अनुमान गर्न सकिन्छ । यस्तो महत्वपूर्ण भूमि भएको क्षेत्रमा गिटी, बालुवा, ढुङ्गा बेच्ने हो भने तत्कालका लागि नेपालका लागि फाइदा होला तर भविष्यमा भने खाद्यान्न भण्डारण मानिने तराई मरुभूमिमा परिणत हुनेछ ।

अहिले पनि धेरैजसो खाद्यान्न भारतबाट ल्याउनुपर्छ भने त्यो बेला नेपाल र नेपालीको अवस्था कस्तो होला कल्पना पनि गर्न सकिन्न। यो कार्यले केही ठेकेदार, भ्रष्टहरुका लागि राम्रै आम्दानी हुन्छ होला।

तर पछि धेरै नेपाली रुँदै रुँदै बस्नु पर्नेछ। नेपाल देश खाद्यान्नका लागि भारतको गुलामी बन्नुपर्ने छ । हिजो महाकाली सन्धि गर्दा दुवै देशका लागि फाइदै फाइदा छ भन्नेहरु आज फेरि चुरे पर्वतको गिटी, बालुवा, ढुङ्गा बेचेर समृद्ध नेपाल बनाउन र सत्ता टिकाउन लागि परेका छन्।

यो धेरै नै चिन्ता को विषय हो। तपाईं(केपी ओली) को यो पार्टीका लागि नाकबन्दीका बेला म झुक्दिनँ भन्ने तपाईंको राष्ट्रवाद, नगरिकताको विषयको राष्ट्रवाद एकपछि अर्को छरपष्ट भई पोखिएको छ।

अझै पनि समय छ सबैले आफ्नो तह र तप्काबाट खबरदारी गरौं, राष्ट्र राष्ट्रियताका विषयमा गम्भीर बनौं। चुरे क्षेत्रको सम्पदा आज देशको निम्ति आज, भोलि र भविष्यको निम्ति पनि बचाऔं।

गाैतम लालबन्दी नगरपालिका-१६ परवानीपुर निवासी हुन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here