धनुषा:- धनुषाको पोर्ताहामा बिग्रेर रोकिराखेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा नेपाली सेनाका एक जवानको मृत्यु भएको छ।

गए राति साढे ११ बजे पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पोर्ताहामा बिग्रेर रोकिराखेको ना. ४ त. १६८२ नम्बरको ट्रयाक्टरमा पूर्व दिशाबाट आएको रा. ६ प. २८६३ नम्बरको मोटरसाइकल ठोक्किँदा दाङ जिल्ला घर भएका भीमदल गण सप्तरीमा कार्यरत नेपाली सेनाका जवान २४ वर्षीय नरेन्द्र गिरीको ज्यान गएको हो।

सोही मोटरसाइकलमा सवार सेनाकै अर्का जवान तनहुँ घर भइ शेरगंज गण सिरहामा कार्यरत २५ वर्षीय जीवन तामाङ घाइते भएका छन्‌।

सिमेन्ट बोकेर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ट्रयाक्टरको पछाडिको चक्का अचानक पड्किएपछि सडक किनारमा रोकिराखेको थियो। सोही ट्रयाक्टरमा सैनिक जवानहरू सवार मोटरसाइकल ठोक्किएको थियो।

सेनाका जवान गिरीको उपचार क्रममा सिरहा कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा मृत्यु भएको हो। घाइते जवान तामाङकोको उपचार सोही अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here