सिरहा:- सिरहाको मिर्चैयामा एक व्यवसायीमाथि गोली प्रहार भएको छ।

शनिबार राती मिर्चैया नगरपालिका ५ को मूख्य चोकमा औषधि पसल सञ्चालन गर्दै आएका ३९ वर्षीय रामसागर साफीलाई ४ जनाको समूहमा आएको अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरीका अनुसार गोली प्रहारबाट औषधि व्यवसायी साफी गम्भीर घाइते भएका छन्। उनको मिर्चैयास्थित मंगलम हेल्थ केयरमा उपचार भइरहेको छ। साफीको दायाँ खुट्टा र हातमा गोली लागेको छ।

इलाका प्रहरी कार्यालय मिर्चैया भन्दा  लगभग ५० मिटरको दुरीमा रहेको पसलमा हिसाव मिलान गरिरहेको बेलामा बत्ति गएको मौका छोपी उनीहरुले आक्रमण गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए।

आक्रमणको घटनापछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। प्रहरी कार्यालय नजीकै घटना हुँदा पनि प्रहरीले जानकारी नपाउनु दुःखद भएको स्थानीयको भनाइ रहेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डिएसपी शालिग्राम शर्माले घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिएका छन्।  गोली प्रहारमा संलग्न रहेको अशंकामा तीन जनालाई पक्राउ गरिएको उनले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here