काठमाडौँ : उपप्रधानमन्त्री राजेन्द्र महतोलाई मन्त्री बनाउने कार्य यथास्थितिमा राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ।

कानुन व्यवसायी वीरभद्र जोशीले मुलुकी अपराध संहिता २०७४ को दफा ५०(१) अन्तर्गतको कसुरमा महतोलाई राजद्रोहको मुद्दामा २५ वर्ष कैद माग गर्दै रिट पेश गरेका हुन्।

शुक्रबार पदभार ग्रहण गरेसँगै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउने आन्दोलनमा आफू लागिरहेको भन्दै अभिव्यक्ति दिएपछि महतो विवादमा तानिएका थिए।

उनको उक्त अभिव्यक्तिप्रति सत्तारुढकै नेताबाट चर्को आलोचना भइरहेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here