मीनबहादुर कार्की 

हिमालय क्षेत्रको दक्षिण तराईबाट उत्तरतिर हेर्दा तराईको समथर मैदानपछि देखिने उठेको पहिलो उभार तथा महाभारत क्षेत्रबाट दक्षिणतर्फ ओर्लिदा समथर तराई आउनुअघिको अन्तिम पर्वतीय क्षेत्रलाई चुरे वा शिवालिक पर्वत भनिन्छ।

यो खुकुलो पत्रे चट्टान र कमलो माटोले बनेको भूभाग नेपालको पूर्व पश्चिमसम्म फैलिएको छ । यो इलामदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म करिव ८०० किलोमिटर ३६वटा जिल्लाका भूभाग ओगटेको छ ।

भूगर्भविद्को अध्यनअनुसार करिब चार करोड वर्षअघि हिमालय उत्पतिका क्रममा ग्रेगर मसिना ढुङ्गा थुप्रिएर चुरे क्षेत्रको निर्माण भएको हो । उत्तरबाट हिउँ पग्लेर बग्दै आउने नदी महाभारत क्षेत्र हुँदै अन्तिममा चुरेबाट तराईतिर बग्दछ।

त्यसैले पनि यो कमलो ढुङ्गा माटोले बनेको क्षेत्र पर्यावरणीय दृय्टिले अत्यन्त संवेदनशील मानिन्छ। चुरेको फेदीमा नदीले बगाएर ल्याएका ढुङ्गा, गिट्टी बालुवा कंकडले बनेको भावर क्षेत्रको समथर भूभाग छ। यसले दक्षिण समथर तराईका लागि पानी सिञ्चित गरी भूमिगत जलभण्डारमा महत्वपूर्ण भूमिका खेल्छ ।

चुरे श्रृंखला नेपालको ७७ जिल्लाहरूमध्ये ३७ जिल्लाहरूका केही भूभाग ओगटी फैलिएको छ । यसको चौडाई (उत्तर दक्षिण) ठाउँअनुसार १० देखि ५० किलोमिटरसम्म भएको पाइएको छ। राष्ट्रपति चुर क्षेत्र संरक्षण गुरुयोजनाले २० वर्षमा १६४ वटा नदी प्रणालीहरू व्यवस्थापन गर्नुपर्ने छ भनी उल्लेख गरेको छ। पहिलो ५ वर्षमा सबै नदी प्रणलीहरूको संरक्षण र व्यवस्थापन गरिने भनिएको छ।

त्यसैले चुरे क्षेत्रका आसपास र तराई भावरका मानिसको जनजीवनसँग यो चुरे क्षेत्र जडिएको छ । विभिन्न प्रकारका जीवजन्तुको आश्रय स्थल, जलभण्डारको स्रोतका रुपमा चुरेभावर क्षेत्र रहेकाले यसको महत्त्व रहेको छ।

यदि यस क्षेत्रको दोहन भएको खण्डमा तराई क्षेत्र मरुभूमीकरण, बाढी डुबानजस्ता सम्स्या भोलिका दिनमा नहोला भन्न सकिन्न ।

त्यसैले चुरे संरक्षण सम्बर्द्धन गर्न नेपाल सरकारले आर्थिक वर्ष २०६६/६७ राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यन्वयनको सुरुवात भई अगाडि बढेकोमा हाल सरकारले चुरेक्षेत्रको ढुङ्गा ,गिट्टी बालुवा भारत सरकारलाई दिने र त्यसबाट देशको अर्थतन्त्र बलियो बनाउँछु भन्ने कुरा त्यस क्षेत्रमा बसोबास गर्ने जनतका लागि कत्तिको न्यायोचित होला।

तराई क्षेत्र भनेको अन्नको भण्डार हो, जस्ले देशलाई अन्नमा आत्म निर्भर बनाउन सहयोग पुग्दछ। यदि चुरेको दोहनले तराईमा हुने मरुभूमिले गर्दा अन्न उत्पादनमा ह्रास आउने देश भोकमरी चपेटामा पर्ने निश्चित छ।

श्रीखण्डको रुख काटेर कोदालोको बिँड बनाएजस्तै चुरेभवर मासेर देशमा समृद्धि ल्याउँछु भन्नु कत्तिको उपयुक्त होला?

त्यसैले बेलैमा सरकारको बुद्धि फिरोस् यस्ता गलत कुरालाई बेलैमा सच्याइयोस् र तराई क्षेत्रलाई सहारा र कालाहारी मरुभूमि हुनबाट बचाउन सकियोस्।

मीन ब.कार्की श्री कालिन्जोर माध्यमिक विद्यालय लालबन्दी-१७ का शिक्षक हुन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here