सर्लाही : मकवानपुरको हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा सर्लाहीका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

अस्पतालमा उपचार क्रममा सर्लाहीका कोरोना सङ्क्रमित वृद्धको मृत्यु भएको हो। अस्पतालका कोभिड फोकल पर्सन डा सागर काफ्लेले सर्लाही लालबन्दी नगरपालिका -५ का ८६ वर्षको वृद्धको मृत्यु भएको जानकारी दिए।

उनका अनुसार अस्पतालको कोभिड वार्डको आइसियुमा वृद्धको उपचार भइरहेको थियो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here