काठमाडौं:- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीले देशमा विद्यमान दाइजो प्रथा र बालविवाह अन्त्यका लागि काम गर्ने पनि बताएकी छन्।

आइतबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री चौधरीले समाजमा रहेका विभिन्न कुरीति अन्त्यका लागि ५ वर्षीय रणनीतिक कार्ययोजनाको फाइल सदर गरेकी हुन्।

सरकारले बनाएका नीति तथा योजना जुन कार्यान्वयन हुन सकेका छैनन्। ती कार्यान्वयन हुन नसकेका कामहरूलाई कार्यन्वयन गर्नु आफ्नो पहिलो प्राथमिकता भएको उनले बताइन्। सरकारले यसअघि नै बनाएका नीति तथा योजनालाई कार्यान्वयन गर्नु आफ्नो प्राथमिकता रहेको उनले प्रष्टाइन्।

उनले महिला, बालबालिका तथा जेष्ठ नागरिकले सरकारबाट पाउनुपर्ने सेवा सुविधालाई छिटो र सहज रुपमा दिलाउन पनि आफुले जोड दिने बताइन्। उनले महिला, बालबालिका, जेष्ठ नागरिक तथा एकल महिलाले राज्यबाट पाउने सुविधा कतिपय स्थानिय निकायको ढिलासुस्तीले गर्दा समयमै नपाएको गुनासोहरु भएको भन्दै आफ्नो सेवा प्रवाहलाई दुस्त दुरुस्त राख्न आग्रह पनि गरिन्।

‘मेरो कार्य योजना, नीतिगत कामहरु त छदैँछ। तर कस्तोलाई प्राथमिकता दिने, धेरै योजना बनाएर मात्रै होइन, जुन बनेको योजनालाई पनि कसरी सकारात्मक रुपले त्यो समस्यालाई समाधान गर्ने, धेरै योजनाहरु बनाउँछौ तर कार्यान्वयन हुन्छ कि हुँदैन त्यसमा जोड दिन जरुरी छ’, उनले भनिन्, ‘म विश्वास दिलाउँछु, जुन नीतिहरु बनिसकेको छ।

जुन कार्यान्वयन भइसकेको छैन। त्यसमा बढी नै जोड दिएर गर्नेछौँ। धेरै चिज बनाएर एकैचोटी यो गर्छु, त्यो गर्छु भन्दापनि बनेको नेपाल सरकारको संविधानदेखि नियम, कानुन, महिला, बालबालिका, जेष्ठ नागरिक, सामाजिक सुरक्षा जे पनि छ त्यसलाई कसरी कार्यान्वयन र छिटोभन्दा छिटो मन्त्रालयबाट पाउने सेवा, सुविधा हो त्यसमा जोड दिने।’

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here