सर्लाहीमा आज (शनिबार) १ तीन कोरोना संक्रमितको निधन भएको छ।

हिजोसम्म ६८ जनाको मृत्यु भएको जिल्लामा आज १ जना मृतक थपिएसँगै जिल्लामा दोस्रो चरणको करोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ६९ पुगेको छ।

जिल्लामा हाल ९ सय ६१ जना सक्रिय संक्रमित रहेका आज जारी जिल्ला प्रशासन कार्यालयको सूचनामा जनाइएको छ। त्यस्तै हालसम्म जिल्लामा ७ सय ५९ जना कोरोना संक्रमित संक्रमणमुक्त भइसकेका छन्।

सर्लाहीमा हालसम्म १ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण भइसेकको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here