काठमाडौं : पहिलो चरणको खोप लगाउन अनलाइन फारम नभरेकाले पनि लगाउन पाउने भएका छन्। ‍

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक निर्णय गर्दै यसबारे जनाएको हो। सोमबार मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले कोभिड प्रेस ब्रिफिङमा अनिवार्य रुपमा भर्नुपर्ने बाध्यता नरहेको बताएका हुन्।

उनका अनुसार पछि खोप लगाउँदा भीडभाड नहोस् र कति खोप चाहिने भन्ने अनुमानका लागि अनलाइन भर्न लगाएको हो। उनले भने, ‘कतिपय सर्वसाधारणले अनलाइन नभर्दा पछि खोप पाइने नपाइने भन्ने प्रश्न गरेका छन्, फारम नभरे पनि खोपबाट बञ्चित गरिने छैन, उमेर समूहअनुसार खोप पालोमा लगाउन पाइन्छ।’

‘अनलाइन फारम भर्नासाथ खोपको व्यवस्था गर्न सकेका छैनौं, ’उनले भने, ‘हाम्रो देशमा खोप बन्दैन, विदेशबाट ल्याउनुपर्छ, त्यहाँ पनि विभिन्न कारणले खोप दिन समस्या आएको छ, उमेर समूहअनुसार पालो जानुपर्ने हुन्छ, सबैलाई नै खोप लगाउँछौं।’

सरकारले गत वैशाख १८ गतेदेखि १८ वर्षमाथि उमेर समूहका खोपका लागि अनलाइन फारम खुलाएको थियो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here