काठमाडौं : सेवानिवृत्त कर्मचारीको मासिक निवृत्तभरण रकम विद्युतीय कोष हस्तान्तरणबाट सोझै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुने प्रणाली लागू भएको छ।

महालेखा नियन्त्रकको कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमका बीच महालेखा नियन्त्रक मधुकुमार मरासिनीले उक्त प्रणाली शुभारम्भ गरेका हुन्।

यस प्रणालीबाट निजामती, प्रहरी, जङ्गी र शिक्षकतर्फ गरी दुई लाख ७६ हजार सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरू प्रत्यक्ष लाभान्वित हुने जनाएको छ।

यस प्रणालीले नेपाल सरकारको विद्युतीय नेपाल अवधारणा लागू गर्न ठुलो सहयोग पुग्ने महालेखा नियन्त्रक मरासिनीको भनाई छ। साथै कार्य प्रक्रियामा सरलीकरण र सहजीकरण भई सम्बन्धित निवृत्तभरण प्राप्त गर्ने व्यक्तिले छिटो, छरितो र प्रभावकारी सेवासमेत प्राप्त हुने मरासिनीको भनाई छ।

निवृत्तभरण व्यवस्थापनमा सरकारको ठुलो रकम खर्च हुने र सो रकम समयभित्रै सम्बन्धित निवृत्तभरण प्राप्त गर्ने व्यक्तिको खातामा नै सरकारी कोषबाट भुक्तानी हुने भएकोले सरकारको नगद प्रवाह व्यवस्थापनसमेत प्रभावकारिता बढ्ने कार्यालयले विश्वास लिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here