रौतहट जिल्लाको गरुडा नगरपालिका वडा न. ९ मा स्थानीय प्रहरी बिच झडप भएको छ।

गरुडा नगरपालिकाको गेडहिगुठी टोलमा निषेधाज्ञाको बेला चर्को लाउडस्पिकर बजाएर जन्ती जाने क्रममा प्रहरीले रोक्न खोजेपछि स्थानीय र प्रहरी बिच झडप भएको हो।

दोहोरो झडपका क्रममा ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरे सहित ६ प्रहरी घाइते भएका छन। घाइतेहरुको अहिले गरुडाको रौतहट ग्राण्डि हस्पिटलमा उपचार भईरहेको छ।डिएसपी घिमिरेलाई छातिमा चोट लागेको छ।

घटनामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धि विक्रम शाहले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here