सर्लाहीको मलंगवामा रहेको स्तुति सौम्या हेल्थ केयरका संचालक डा. गुणेश्वर झाले एक मुसहर समुदायका बालकको निःशुल्क उपचार गरेर उदाहरणीय कार्य गरेका छन।

नि:शुल्क ट्युसन सेन्टरमा पढाउँदै आएका स्थानीय समाजसेवी शिवनाथ राउत कहारको पहलमा अण्डकोश सुनिएका सर्लाही चन्द्रनगर गाउँपालिका वडा नं. २ बस्ने अन्दाजी १२ वर्षिय धर्मेन्द्र माझी मुसहरको डा. झाले उपचार गरेर जिल्ला कै उदाहरण बनेका छ्न।

बिगत ३ वर्ष देखि निशुल्क ट्युसन सेन्टरमा ५० भन्दा बढि दलित बालबालिका तथा समाजमा पिछिडिएको अन्य बालबालिकालाई अध्यापन गराउँदै आएका समाजसेवी राउतले उक्त मुसहर बालकलाई स्तुति सौम्या हेल्थ केयर , मलङ्गवाका संचालक डा. झा सँग समन्वय गरेर आज देखि नै निशुल्क उपचार गराएका हुन।

ति बालकको केहि दिन देखि अण्डकोश सुनिए थियो। बालकको अभिभावकले आर्थिक अभावले औषधि उपचार गराउने नसकेको अवस्थामा बालकको गुरु राउतले डा. झासँग समन्वय गरेर निशुल्क उपचार गराउने बातावरण बनाएको बालकका अभिभावकले बताए।

डा. झाले आफनो अनुरोध स्विकार गरेर बिरामी बालकलाई निःशुल्क उपचार गरेर ठुलै गुण लगाएको राउतले बताए।

डा. झाले बिपन्न त्यस्ता अन्य बालकलाई पनि निशुल्क उपचार गर्ने आफु सँग प्रतिबधता समेत गरेका छन।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here