कुमामोतो नेपाली समाज जापानको अध्यक्ष पदमा  सर्लाही लालबन्दी १६(परवानीपुर) निवासी पवन अधिकारि निर्विरोध निर्वाचित भएका छन्।

आइतबार भएको अधिवेशनबाट अधिकारिको नेतृत्वमा सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा भएको हो। अध्यक्ष निर्वाचित अधिकारि यसअघि बरिष्ट उपाअध्यक्ष जिम्मेवारीमा रहेका थिए।

यस्तै कुमामोतो नेपाली समाजको उपाअध्यक्षमा हिरा तिमिल्सिना,सचिवमा बिनोद बस्नेत,सहसचिवमा दिपक शाहि,कोषाध्यक्षमा दामोदर वस्ति सहकोषाध्यक्षमा सुन्दर बास्तोला चयन भएका छन्।

सदस्यहरुमा मनि कडेल ,सुमन लामिछाने ,कपिल तिमिल्सिना ,तिलाराम ढकाल ,यज्ञराज जोशि ,आशीष गुरुङ ,रजित परियार ,दीपक पोखरेल, अर्जुन पुन ,सूजन मगर र महिला सदस्य तारा तिमिल्सेना र विद्यार्थी सदस्य सरोज खनाल ,हरि गोरखालि, अबिशेक दाहाल, मनिश सोमाइ मगर निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ।
कुमामोतो नेपाली समाजको नवनिर्वाचित कार्यसमितिको कार्यकाल २०२२ सम्म रहने छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here