धनुषामा पाँचौ पटक निषेधाज्ञा थप गरिएको छ। पाँचौ पटक थप निषेधाज्ञा अनुसार जेष्ठ ३१ गते राती १२ बजे सम्मको जारी रहने छ।

कोभिड व्यवस्थापन अध्यादेश २०७८ को दफा १७ बमाेजिम गठित धनुषा जिल्ला कोभिड व्यवस्थापन समितिको आज बसेको बैठकले निषेधाज्ञा एक हप्ताको लागि थप गरिएको जानकारी प्रमुख जिल्ला अधिकारी बनधु प्रसाद वास्ताेलाले गराएका छन्।

यस अघि चौथो पटक थपिएको निषेधाज्ञाको समय आज जेष्ठ २४ गते राती १२ बजे पछि सकिनु अघि नै निषेधाज्ञा थप गरिएको प्रजिअ वास्तोलाले जनाए।

निषेधाज्ञा थप सम्बन्धी जारी सुचना अनुसार जिल्लाभित्र कोभिड-१९ को नयाँ भेरियन्टको संक्रमण दरमा क्रमश सामान्य सुधार देखिएता पनि संक्रमणको चुनौती अझै कायम रहेकाले त्यसको रोकथामका लागि निषेधाज्ञा थप गरिएको हो । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here