काठमाडौं : कर्णाली प्रदेश सभामा पार्टीको ह्विप उल्लंघन गर्ने नेकपा एमालेका तीन सांसदले मन्त्री पद पाएका छन्। एमाले पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका तीनै जना सांसद मन्त्री बनेका हुन्।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार विश्वासको मत लिएपछि उनीहरूलाई शनिबार विभिन्न मन्त्रालयको जिम्मेवारी दिए।

मुख्यमन्त्री सचिवालयका अनुसार नन्दसिंह बुढा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् भने अमरबहादुर थापा भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका छन्। यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाहीलाई जिम्मेवारी दिइएको छ।

नवनियुक्त तीनै जना मन्त्रीलाई एमाले कर्णाली प्रदेशले शनिबार नै पार्टीको सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here