सर्लाही : राजपाको महन्थ-राजेन्द्र समूह सरकारमा गएपछि देशरभ विरोध कार्य जारी छ। यसै क्रममा सिन्धुलीमा पनि  प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतोको पुत्ला जलाइएको छ।

उपप्रधानमन्त्री महतोले बहुराष्ट्र र बहुराज्य बनाउन मुक्ति आन्दोलन गर्नुपर्ने भनी दिएको अभिव्यक्ति र कोरोना महामारीमा महँगी फिर्ताको माग गर्दै नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको पुतला जलाएको हो।

सुनकोसी गाउँपालिका झाँगाझोली रातमाटामा पुत्ला दहन भएको हो। कांग्रेस कार्यकर्ताले बिपी हाइवेसमेत केहीबेर अवरुद्ध गरेका थिए।

कोरोना संकटका बेला महँगी बढेको, चुरे उत्खनन् गरी ढुंगा, गिट्टी र बालुवा निकासी गर्न दिने सरकारी निर्णयको विरोध र महतोले मन्त्री भएलगत्तै बहुराष्ट्र र बहुराज्य बनाउने भनी दिएको अभिव्यक्ति प्रति कांग्रेसले आपत्ति जनाएको हो।

पुत्ला दहन र सडक अवरुद्ध गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। केहीबेर आन्दोलनकारी र प्रहरीबीच धकेलाधकेल भए पनि कुनै अप्रिय घटना नभएको कांग्रेस नेता बोधविक्रम थापाले जानकारी दिए। अहिले बिपी राजमार्गमा यातायात सुचारु भएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here