बारामा ४९ किलो गाँजा सहित तीन जना पक्राउ परेका छन्।

जिल्ला को महागढिमाई नगरपालिका अन्तर्गत रहेको बरियापुर बाट तेलकुवा जाँदै गरेको ना.२ ह. ६१०६ नम्बरको अटो र मोटरसाइकललाई महागढीमाई नगरपालिका वडा नम्बर २ स्थित इनरवा चोकमा चेक जाचँ गर्ने क्रममा गाँजा सहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।

पक्राउ पर्नेमा पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ बस्ने रमेश चौधरी , राज कुमार ठाकुर र अमिरका पासवान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बारा र लागु औषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय वीरगञ्जबाट खटिएको टोलीले तीन जना लाई पक्राउ गरेको हो। उनिहरुलाई नियन्त्रणमा लिएर लागु औषध मुद्दामा थप अनुसन्धान भैरहेको प्रवक्ता  मिश्रले जानकारी दिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here