सर्लाही : कोरोनाविरुद्ध खोप लगाउनेबारे स्वास्थ्य कार्यालय मंलगवाले सूचना प्रकाशित गरेको छ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग टेकुमार्फत प्राप्त कोभिडविरुद्धको खोप ६२ देखि ६४ वर्ष उमेरसमूहलाई पहिलो चरणको खोप दिइने सूचनामा जनाइएको छ।

जसअनुसार खोप वितरण गर्न जिल्लाका ६ स्थान तोकिएका छन्। चिनियाँ भेरोसेल खोप लगाउन जिल्लाबासीले पायक पर्ने ७ स्थानमा जानुपर्ने छ।

साथै कोभिड खोपको दोस्रो मात्रा लगाउन पनि कार्यालयले सूचना जारी गरेको छ। खोप लिन छुटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, यसअघि पहिलोचरणमा लगाएकालाई पनि खोप वितरण गरिने कार्यालयले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here