सर्लाही : घर ठेगाना बताउन नसक्ने एक नेपाली बालिका भारतमा फेला परेकी छन्।

घर नेपाल बताए पनि उनले नेपालको कुन ठाउँमा हो उक्त कुरा खुलाउन सकेकी छैनन्। यद्यपि उनले बुवाआमा भाइ र बहिनीको नाम भने बताएकी सर्लाही प्रहरीले जनाएको छ।

सर्लाही जिल्ला प्रहरीले आज एक सूचना निकालेर उक्त बालिकाले बताएअनुसार आफन्तालाई सम्पर्क गर्न भनेको छ।

बालिकाले घर नेपाल, बुवाको नाम दीपक भुषाल, आमाको नाम सुनिता, भाइको नाम शिशिर भुषाल र बहिनीको नाम शृष्टि भुषाल बताएकी प्रहरीले जनाएको छ। अन्दाजी १४ वर्षकी ती बालिकाले आफ्नो नाम स्मृति भएको बताएकी छन्।

उनी भारतको नुचुलि रोहडु हिमाञ्चल प्रदेशमा फेला परेकी हुन्। स्थानीय प्रहरीले फेला पारी बालगृहको संरक्षणमा राखेका  प्रहरीको भनाइ छ।

बालिकाको सम्बन्धमा केही कुनै जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाहीको फोन नं ९८६९८९३९९१, ९८५४०९०१९९, ९८५४०९०१९१ मा सम्पर्क गर्न प्रहरीले भनेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here