आज मिति २०७८ जेठ २५ गते मंगलबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पढाइ लेखाइमा प्रगति हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । धनजनको वृद्धि होला । महत्वपूर्ण काम धेरै बन्नेछन् । लगनशिलता र इमान्दारिताको प्रशंसा गर्नेहरु पाइएलान । मनमा शान्ति छाउनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
ऋण सापटी लिन दिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । आर्थिक क्षेत्रमा प्रशस्त लाभ हुने संकेत छ । ब्यापार, कृषि तथा बैदेशिक क्षेत्रमा दिन एकदमै राम्रो छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यापार बढ्ने, यात्रा हुने र रमाइलो भेटघाटले मनलाई हर्षित बनाउनुको साथै पराक्रम बढला । व्यापारमा पनि सुधार आउनेछ । यात्राको क्रममा लाभ मिल्नेछ । सन्तानबाट पनि सुख पाइनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
स्वास्थ्य स्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ । उत्साहवर्द्धक समय छ । स्वास्थ्यमा अचानक गडबडीको संकेत छ, त्यसले गर्दा रुपैँया पैसाको हानी हुन सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, दिन मध्यम खालको छ । पढाइमा सफलता पाउने, आफन्तहरुको सहयोग र बौद्धिक उन्नतिले काममा सफलता मिल्ने छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आम्दानीमा कमी आउने छैन तर निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ । आज तपाइको खर्च भन्दा कमाइ नै बढी हुने योग छ । छर छिमेकबाट सर सहयोग प्राप्त होला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । अनौठो खबर सुन्न पाइएला । नयाँ तथा थालेका कामहरु सहजै बन्न सक्ने दिन छ । काम गर्न मन जानाले चिताएको काम सहजै बन्ला।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । आगो तथा हात हतियारबाट एकदमै सावधान रहनु होला । आज तपाइको कुरा काट्नेहरु सक्रिय रहने छन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
तपाइले गरेको कामको कदर भइ प्रतिष्ठा बढ्ने छ । पढाइ तथा ब्यापारमा प्रगती हुने दिन रहेको छ । जागिरमा आज अनावश्यक झमेलाको सामना गर्नुपर्ने दिन छ । कसैबाट अपमानित पनि भइएला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ, बैदेशिक क्षेत्रको लगानी खेर जादैंन । अल्झेको काम बन्नाले मनमा एक किसिमको हर्ष उल्लास छाउला । पढाइमा भनि खासै प्रगति हुने छैन ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । कुरा काट्नेहरुको मुख बन्द हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
केही चुनौती सामना गर्नुपर्ने देखिन्छ । स्वास्थ्य कमजोर रहे पनि सहयोगीहरू जुटाउन सकिनेछ । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला । मनमा पिडाले डेरा जमाइ शरिरमा रोग लाग्न सक्छ ।

राशिफलमा जे जस्तो लेखिएको भएपनि हजुरको आजको दिन शुभ रहोस।

 

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here