नेकपा एमालेका नेता डा भीम रावलले पार्टीको स्वाधीनता र एकताका लागि ह्विप उल्लंघन गरेको बताएका छन्।

शनिबार धनगढीमा आयोजित नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रदेशस्तरीय भेलामा डा रावलले कर्णाली प्रदेशमा एमालेका प्रदेश सांसदहरूले आफ्नो स्वार्थका लागि ह्विप उल्लंघन नगरेको बताएका हुन्।

नेता रावलले एमाले पार्टीमा विधान र अनुशासनमाथि मनपरी गर्नेको विरुद्धमा कर्णालीका सांसदहरूको कदम रहेको बताए। उनले कर्णालीसँगै सुदूरपश्चिममा पनी सो अवस्था देखिने दाबी गरे।

उनले भने, ‘आवश्यक परे सुदूरपश्चिममा पनि यस्तो कदम चल्न सक्छ। यो कदम देशभर पनि हुन सक्छ। कार्यकर्तालाई मनपरी निकाल्न खोज्यो भने यस्तो कदम चाल्न सक्छौं।’

कर्णालीमा मुख्यमन्त्रीलाई प्रधानमन्त्री केपी ओलीले प्रमुख सतेचक हटाउने वा राख्ने विषयमा एकलौटी निर्देशन दिँदै पत्र पठाएदेखि नै यसको बिउ रोपिएको उनले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here