सर्लाही : सशस्त्र प्रहरी बलले प्रदेश २ मा सात महिनाको अवधिमा साढे २४ करोड रुपैयाँ बराबरको अवैध वस्तु बरामद गरेको छ।

नेपाल-भारत सीमा क्षेत्रमा रहेको सशस्त्र प्रहरीले गत मंसिर १५ देखि जेठ १९ गतेसम्म २४ करोड ५६ लाख ६६ हजार ५८७ रुपैयाँ बराबरको अवैध वस्तु बरामद गरेको हो।

प्रदेश २ मा ४६५ किलोमिटर भारतसँग खुला सीमा जोडिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १४ करोड ७५ लाख ८९ हजार ४७५ रुपैयाँ बराबरको वस्तु बरामद भएको तथ्यांक २ नम्बर बाहिनीसँग छ।

तथ्यांकगत रुपमा प्रदेश २ का आठ जिल्लामध्ये राजेन्द्र खड्काको कमाण्डमा रहेको पर्सामा सात करोड ६५ लाख ९१ हजार ४७३ रुपैयाँ बराबरको अवैध वस्तु बरामद भएको छ। धनुषामा ३ करोड ४ लाख ८८ हजार ५७ रुपैयाँको वस्तु बरामद भएको छ।

सीमा क्षेत्रमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरीको चुस्त कार्य सम्पादनका कारण यस वर्ष बढी अवैध वस्तु बरामद भएको सशस्त्र प्रहरी २ नम्बर छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले बताए। यस प्रदेशमा सशस्त्रको घुमुवा टोली छैन।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here