कैलालीमा लागु औषधसहित दुई युवती र एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयको टोलीले धनगढी उपमहानगरपालिका-२ कृष्णनगर टोलबाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-२ का २५ वर्षीय सञ्जिप सिंह, २० वर्षीया मैना साउद र ३५ वर्षीया लक्ष्मी भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

उनीहरुको साथबाट ६ ग्राम १७५ मिलीग्राम ब्राउनसुगर, ६ ट्याबलेट नाइट्रोभेट र लागु औषध बेचबिखन गर्न राखिएको डिजिटल तराजु समेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए।

यस्तै, इलाका प्रहरी कार्यालय जोशीपुरको टोलीले जोशीपुर गाउँपालिका-३ बाट अवैध काठसकिट हरिलाल चौधरी पक्राउ परेका छन्। उनी घरमा रहेको ट्रयाक्टरमा काठ लोड गरेर राखेको अवस्थामा फक्राउ परेका हुन्।

उनको घरबाट दुई गोलिया सालको अवैध काठ बरामद गरिएको छ भने चौधरीलाई आवश्यक कारबाहीका लागि सब डिभिजन वन कार्यालय भजनीमा बुझाइएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here