सर्लाही : महोत्तरीमा गएराति डाँका समूहले लुटपाट गर्ने क्रममा गोली चलाउँदा एक महिला घाइते भएकी छन्।

​लोहारपट्टी नगरपालिका वडा नम्बर ६ गएराति रामकरण साहको घरमा ७ जनाको समूहले हातहतियारसहित लुटपाट गरेका हुन्। गोली प्रहारबाट ४५ वर्षीया गायत्रीदेवी साह घाइते भएकी छन्।

डाँकाको समूहले लुटपाट गर्ने क्रममा गायत्रीले स्थानीसँग गुहार मागेकी थिइन्। गुहार माग्दा डाका समूहले गोली चलाएका थिए। गायत्रीको तिघ्रामा गोली लागेको छ।

घाइते गायत्रीको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

डाँका समूहले घरमा रहेको २५ हजार रुपैयाँ,  सुन तथा कानमा भएका मुन्द्रा लुटेर लगेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here