सिरहामा जलाएर  एक महिलाको हत्या भएको छ। धनगढीमाई नगरपालिका३ हनुमाननगर गाउँमा आठमहिने गर्भवती श्रीमतीलाई जलाएर हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

हनुमाननगर गाउँका २९ वर्षीय दीपेन्द्र चौधरीले गत २१ जेठको राति करिब ८ बजेतिर गर्भवती श्रीमती ३० वर्षीया पूजा चौधरीसँग रक्सीका लागि पैसा मागेका थिए । तर, पैसा नदिँदा उनले गर्भवती श्रीमती पूजामाथि पेट्रोल खन्याएर आगो लगाइदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

जलेर गम्भीर घाइते भएकि पूजालाई राति नै दीपेन्द्र र सासूले उपचारका लागि लहानस्थित कामना नर्सिङ होममा प्राथमिक उपचार पछि बिराटनगर रिफर गरेको थियो। विराटनगरस्थित नोबेल हस्पिटलले पनि बिमारीका अवस्था अत्यन्त नाजुक रहेको भन्दै काठमाडौं लैजान सल्लाह दिएको थियो। तर काठमाडौं लैजाने क्रममा उनको बाटोमै मृत्यु गएको प्रहरीले जनाएको छ।

श्रीमतीलाई आगो लगाएपछि लहान नर्सिङ होममा ल्याएलगत्तै फरार रहेका चौधरीलाई प्रहरीले आइतबार दिउँसो हनुमाननगरस्थित घरबाटै नियन्त्रणमा लिएको हो।

चौधरीले आफूले श्रीमतीको शरीरमा सलाई कोरेर फालेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी डा.तपन दाहालले बताए। चौधरीमाथि कर्तव्य ज्यान मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here