सर्लाही : सर्लाहीमा मंगलबार थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

हिजो (सोमबार) कसैको पनि मृत्यु नभएको जिल्लामा आज एकै दिन ४ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

आज मृत्यु भएको सहित जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ। सर्लाहीमा हाल निषेधाज्ञा जारी छ। भीडभाड बढेको भन्दै प्रशासनले  पटक पटक स्वास्थ्य संयमता अपनाउन आग्रह गर्दै आएको छ।

जिल्लामा कुल सक्रिय संक्रमित संख्या ९ सय ७९ पुगेको छ। हालसम्म जिल्लामा ३ हजार ५ सय ४३ जनामा कोरोना परीक्षण गरिसकिएको स्वास्थ्य कार्यलयले जनाएको छ।

यसैबीच आज लालबन्दी नगरपालिका १५ र १६ मा शुक्रबार गरिएको करोना परीक्षणमा ११ जना संक्रमित फेला परेका छन्।

गत बिहीबार स्वास्थ्य चौकी परवानीपुरमा पिसिआर परीक्षका लागि ५३ जनाको स्वाब संकलन गरिएको थियो। जसमा ७ जना महिला र ४ जना पुरुषमा संक्रमण भेटिएको हो।

वडा नं १६ बाट ४८ जनाको परीक्षण गरिएको थियो। जसमा ४ जना महिला र ४ जना पुरुषको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ।

त्यस्तै वडा नं १५ बाट ५ जनाको परीक्षण गरिएकोमा ३ जना महिलाको पिसिआर रिपोर्ट पोजिटिभ आएको परवानीपुर स्वास्थ्य चाैकीले जानकारी दिएको छ।

केही साताअघि परवानीपुरमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या बढेको थियो। जिल्ला तथा नगरपालिकाले निषेधाज्ञाको समयमा भीडभाड नगर्न बारम्बार अनुरोध गरे पनि यहाँ भीडभाड बढेको भन्दै स्थानीय चिन्तित बनेका थिए।

परवानीपुर गाउँभरि नै ज्वरो आउने रुघाखोकी लाग्ने खालका बिरामी बढ्दै गएपछि लालबन्दी बजार तथा सोही ठाउँका स्वाथनीय स्वास्थ्य चाैकी तथा निजी क्लिनिकमा बिरामीको भीड लागेको थियो। यद्यपि यो समस्या अहिले नियन्त्रणमा आएको छ।

 

 

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here