सर्लाही:- डाँका मुद्दाका फरार प्रतिवादी बेलौरी नगरपालिका २ का ५५ वर्षीय चन्द्रकान्त भनिने लाल बहादुर लुहारलाई प्रहरीले ३८ वर्षपछि मंगलबार पक्राउ गरेको छ। घरमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले लुहारलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षत्रीका अनुसार लुहारले २०४० सालमा लारी डिष्टीलरी बेलौरीबाट अन्त शुःल्कवापतको सरकारी रकम लक्ष्मीपुर पुनर्वासस्थित राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न जाने क्रममा बन्दुकलगायत हातहतियार देखाई लुटपाट गरेका थिए।

कञ्चनपुर जिल्ला अदालतको २०४२ सालको फैसलाअनुसार लुहारलाई ३ वर्ष १ महिना १५ दिन कैद सजाय तोकिएको थियो। वारदातदेखि लुहार फरार रहँदै आएका थिए।

पक्राउ परेका लुहारलाई कञ्चनपुर जिल्ला अदालतमा पेस गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here