सर्लाही : सर्लाहीमा पुनः निषेधाज्ञा थप गरिएको छ।

आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। यो सहित जिल्लामा पाचाैं पटक निषेधाज्ञा जारी गरिएको हो।

जसअनुसार आजै राति (२५ गते) देखि जेठ ३१ गते राति १२ सम्म निषेधाज्ञा लम्ब्याइएको हो। निषेधाज्ञाको अवधिभर अत्यावश्यकबाहेक सबै सेवामा रोक लगाइएको छ। निषेधाज्ञाको अवज्ञा वा उल्लंघन गरेको पाइए कानुनअनुसार कडा कारबाही गरिने पनि बैठकले निर्णय गरेको छ।

जिल्लामा आज थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ। आजसहित जिल्लामा ७३ जना संक्रमितले ज्यान गुमाइसकेका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here